गणतन्त्र र धर्मनिरपेक्षता खारेज को माग गर्दै राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।
राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो ।
सम्बन्धित खबर
पृथ्वीचोकमा बसबाट झर्नासाथ तानातान गरेर हैरान पारेको आरोपमा ७ जना पक्राउ
पोखराको प्राइम सहकारी ठगी कसूरमा थप एक पक्राउ
पोखरा ६ मा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता
रामघाटबाट ड्रग्ससहित तीन युवक पक्राउ
चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा हुँदै
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग