गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको हो । त्यसपछि मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहानै प्रदेश प्रमुखको निवासमा पुगेको थियो ।
प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले कार्यविभाजनको पत्र शनिबार बिहान आएको र मध्यान्ह प्रमाणित भएको जानकारी दिए ।

२५ चैतमा सरकार बन्दा नै दुवैले मन्त्रीको शपथ लिएका थिए । चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । चुमान यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री भइसकेका छन् ।
माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कांग्रेसका सुरेन्द्रराज पाण्डले विपक्षीलाई बहुमत पुग्नबाट रोक्नकै लागि मनाङेलाई चैत ५ गते भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । मनाङे पाँचौ पटक मन्त्री बनेका हुन् । यसअघि पनि उनी ३ पटक खेलकुद मन्त्री भइसकेका छन् ।
अद्यावधिक गरिएको समयः दिउँसो १ः३० बजे
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’