पोखरा । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो ।
समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए । उनले भने, “मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन् ।”
सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।”, उनले भने ।
निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास सिनेमा माध्यम गरेको उनले बताए ।
मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उनले उल्लेख गरे । लेखनमा नै सुब्बा आनन्द मान्छन् ।
अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उनको छ । उनी सिनेमामा साधारण कृषकको भुमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् ।
नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन् । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन् । कुनै पनि कलाकारले निर्देशकले दिएको भुमिका अनुसार नै आफुलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भुमिकालाई आफुले सक्दो निभाउने प्रयास गरेको उनले बताइन् ।
अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिन्छन् । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले सिनेमा हेर्न हल सम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।
कार्यकारी निर्माता सिजन दाहालले सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन् । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे । कर्मसियल सिनेमा जत्तिकै लगानी मनसरामा लागेको भनाई उनको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा