पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई अल आउट गर्ने क्रममा प्लेयर अफ द म्याच समेत बनेकि रचना चौधरीले ५ विकेट लिइन् । त्यस्तै, सुसिला र अंकिता ठकुरीले समान २ तथा सुनिला रानामगरले १ विकेट लिइन् । भद्रकालिका लागि विसाखा महर्जनले १२ रन बनाइन् ।
यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले एम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक टि.आर.काफ्लेले व्याटिङ गर्दै प्रतियोगिताको शुरुवात गरेका थिए । प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’