पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई अल आउट गर्ने क्रममा प्लेयर अफ द म्याच समेत बनेकि रचना चौधरीले ५ विकेट लिइन् । त्यस्तै, सुसिला र अंकिता ठकुरीले समान २ तथा सुनिला रानामगरले १ विकेट लिइन् । भद्रकालिका लागि विसाखा महर्जनले १२ रन बनाइन् ।
यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले एम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक टि.आर.काफ्लेले व्याटिङ गर्दै प्रतियोगिताको शुरुवात गरेका थिए । प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प