इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ७ वटा वडाको मतगणना सकिएको छ।
नेकपा एमालेका सुहाङ नेम्वाङले ४३३६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा ९३६ ले बढी छ। खड्काले ३४०० मत ल्याएका छन्।
जुन कांग्रेसले गरेको अपेक्षा भन्दा कम मत हो । इलाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने फाकफोक थुम गाउँपालिका काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । सो पालिकाबाट कांग्रेसले लिड गर्ने अपेक्षा गरेको थियो ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा फाकफोकथुम गाउँपालिकाको ७ वडामध्ये ४ वटामा कांग्रेस र बाँकी ३ वटा एमालेले जितेको थियो । पालिकाको अध्यक्ष र उपाध्यक्ष भने एमालेले जितेको थियो । २०७९को निर्वाचनमा एमालेले यो पालिकाबाट ३२७ मतले अग्रता लिएको थियो । उप निर्वाचनमा भने ६ वटा वडा गन्दा १ हजारले मतले एमालेले अग्रता लिएको छ ।
मतगणनाको रुझान चलिरहँदा अपेक्षा गरे भन्दा कम मत आएको कांग्रेसका नेताहरूले प्रतिक्रिया दिएका छन् ।
एमाले इलामका नेता बुद्धि खनालले भने अघिल्लो निर्वाचनमा भन्दा यस पटक फाकफोकथुमबाट एमालेलाई बढी मत आएको बताए । उनले फकाफोकथुमबाट आएको नतिजाले एमाले उत्साहित भएको बताए । उनले यो नतिजासँगै ३ हजार मतले चुनाव जित्ने दाबी गरे ।
अहिलेसम्मको मतगणनाअनुसार ‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्।
त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन्।
इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा रहेका छन् । १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन