पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् ।
पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको बलिङमा स्विकृती गुरुङले २ विकेट लिइन् ।
१ सय ३ लक्ष्य पाएको त्रिभुवनले १४.४ ओभरमा ६ विकेट गुमाएर खेल आफ्नों पक्षमा पार्यो । त्रिभुवनका अमिसा सुनारले अभिजित १३ तथा त्रिशना विकले १० रन बनाइन् । उसले पनि ६५ अतिरिक्त रन पाएको थियो । सिर्जनाका बलरहरु दिपिका चौधरी, सुस्मिता पौडेल र सुस्मिता मगरले १÷१ विकेट लिए । खेलमा सिर्जनाकी स्विकृती गुरुङ साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । उनलाई आयोजक समितिका अध्यक्ष दिपक बहादुर गोदारले पुरस्कृत गरे ।
आइतबारको अर्को खेलमा अम्मरसिंहले बाराही माविलाई ५ विकेटले पराजित गर्यो । पहिला व्याटिङ गरेको बाराहीले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन बनायो । बाराहीका सुगिता कुमालले १० रन जोडिन् । अम्मरसिंहको बलिङमा चन्द्रमाया बराल र सुस्मिता विष्टले समान २ विकेट लिए । प्रत्युत्तरमा अम्मरसिंहले १५.२ ओभरमा ५ विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त गर्यो । अम्मरसिंहका लागि ३७ रन बनाएकि चन्द्रमाया साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । सुस्मिता विष्टले टिमका लागि २९ रन जोडेकी थिइन् । बाराहीका कुसुम राइले २ विकेट लिएकी थिइन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो