पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलहरुमा भद्रकाली मावि र अम्मरसिंह मावि विजयी भएका छन् ।
पहिलो खेलमा अम्मरसिंहले छोरेपाटन माविलाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको छोरेपाटनले पुरा २० ओभरमा ९ विकेट गुमाएर ७५रन बनाएको थियो । उसका लागि सरस्वती दर्जीले १८ तथा प्रतिक्षा पौडेलले अभिजित १२ रन हानिन् । अम्मरसिंह माविको बलिङमा कृषा तिवारीले ३, चन्द्रमाया बराल र रक्षा फगामीले समान २ विकेट लिए ।
७६ रनको लक्ष्य पाएको अम्मरसिंह माविले ९.५ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो । अम्मरसिंहका लागि चन्द्रमाया बरालले १८ बनाइन् । छोरेपाटनका बलर अनुष्का थापाले ३ तथा नेहा गौतमले १ विकेट लिइन् । खेलमा अम्मरसिंहकी कृषा तिवारी सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।
अर्को खेलमा भद्रकालीले लक्ष्मी माविलाई ६५ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको भद्रकालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको थियो । सो खेलमा भद्रकालीका रिया तामाङले ३५ तथा रिसा तामाङले अभिजित १३ रन बनाइन् । लक्ष्मीका बलर सुप्रिया गुरुङले १ विकेट लिइन् । प्रत्युत्तरमा लक्ष्मीको पारी १६.१ ओभरमा ७६ रनमै समेटिन पुग्यो । लक्ष्मीका मुस्कान जैशवालले ९ रन बनाइन् । भद्रकालीका बलरहरु विशाखा महर्जन र कामना क्षेत्रीले समान ३ तथा रिया तामाङले २ विकेट लिइन् । खेलमा रिया सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो