मुस्ताङ । नेपाल र चिनको सिमाना कोरोला नाका, मुस्ताङमा नेपाल विद्युत प्राधिकरण, तातोपानी वितरण केन्द्रले ट्रान्सफरमर जडान गरी पहिलो पटक विद्युत सेवा उपलब्ध गराएको छ ।
प्राधिकरणका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यको समन्वयमा बत्ती पुगेको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले जानकारी गराए । प्रमुख काफ्लेले कोरोला नाका खुलेसँगै विद्युतको आवश्यक महशुस गरी प्रतिकुल मौसमका बाबजुत विद्युत सेवा विस्तार गरिएको बताए । जसका लागि लोमान्थाङ गाउँपालिकाका प्रमुख तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत विद्युत विस्तार गर्न आवश्यक समन्वय गरेका थिए । ट्रान्सफरमर जडानका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेचुङको सहयोगका लागि तातोपानी वितरण केन्द्रका इन्जिनियर उत्तम अधिकारीले धन्यवाद ज्ञापन गरे । बत्ति पुगे सँगै सुरक्षामा खटिने सुरक्षाकर्मी लगायत नाकामा व्यवसाय गरेर बस्ने व्यवसायीहरुले राहत महशुस गर्दै खुसि व्यक्त गरेका छन् ।
मुस्ताङ जिल्लामा प्राधिकरणको स्थानीय कार्यालय नभएका कारण म्याग्दी जिल्ला, अन्नपूर्ण गा.पा. स्थित तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरी उपभोक्ता सहकारी संस्था लि. मुस्ताङले, मुस्ताङ जिल्लामा विद्युत सेवा दिंदै आइरहेको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह