गण्डकीका सभामुख कृष्ण धिताललाई नेपाली कांग्रेसले संसद् बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।
मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सांसदले कालो झण्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । काँग्रेसबाट संसदभित्रै कालो टालो देखाएर अमर्यादित काम भएको छ ।
मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । यसअघि ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ लाई बहुमत मानिँदै आएको थियो । तर, वैशाख १७ गते सर्वोच्चले ५९ सदस्यीय सांसदमा ३० लाई बहुमत समर्थित रहेको व्याख्या गरेको थियो ।
सर्वोच्चको उक्त व्याख्यालाई आधार मानेर सभामुख धितालले ३० लाई नै बहुमत रहेको घोषणा गरे। उनले संविधानमा सभामुखलाई निर्णायक मत दिने अधिकार सुरक्षित रहेको पनि स्मरण गराए ।
‘सभामुखको असंवैधानिक कदमप्रति कांग्रेस कानुनी उपचार प्रक्रियामा जान्छ’
सभामुख धितालले ३० लाई नै बहुमत घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले कानुनी प्रक्रियामा जाने घोषणा गरेको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३० सांसद भएपनि सोही संख्यालाई बहुमत घोषणा गरेको भन्दै कानुनी उपचार खोज्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ