गण्डकीका सभामुख कृष्ण धिताललाई नेपाली कांग्रेसले संसद् बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।
मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सांसदले कालो झण्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । काँग्रेसबाट संसदभित्रै कालो टालो देखाएर अमर्यादित काम भएको छ ।
मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । यसअघि ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ लाई बहुमत मानिँदै आएको थियो । तर, वैशाख १७ गते सर्वोच्चले ५९ सदस्यीय सांसदमा ३० लाई बहुमत समर्थित रहेको व्याख्या गरेको थियो ।
सर्वोच्चको उक्त व्याख्यालाई आधार मानेर सभामुख धितालले ३० लाई नै बहुमत रहेको घोषणा गरे। उनले संविधानमा सभामुखलाई निर्णायक मत दिने अधिकार सुरक्षित रहेको पनि स्मरण गराए ।
‘सभामुखको असंवैधानिक कदमप्रति कांग्रेस कानुनी उपचार प्रक्रियामा जान्छ’
सभामुख धितालले ३० लाई नै बहुमत घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले कानुनी प्रक्रियामा जाने घोषणा गरेको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३० सांसद भएपनि सोही संख्यालाई बहुमत घोषणा गरेको भन्दै कानुनी उपचार खोज्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन