पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
मञ्चको पोखरामा बसेको कार्यसमितिको बयालिसौँ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोर्टस् अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए ।
अवार्ड कार्यक्रम प्राप्त सबैको साथ सर्पोटले मञ्चलाई थप उत्साहित बनाएको मञ्चले जनाएको छ । केही दिनमा अवार्ड कार्यक्रमको समिक्षा गर्ने र तीन महिना भित्रमा आयव्यय सार्वजनिक गर्ने तयारी गरिएको महासचिव पौडेलले खुलाए ।
आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० गत बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना भएको थियो । मञ्चका अध्यक्ष दिननाथ बरालको संयोजकत्वमा अवार्ड सम्पन्न भएको थियो । अवार्डको सहसंयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ रहेका थिए ।
अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीलाई टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी प्रदान गरिएको थियो ।
अवार्ड अन्तर्गत उदीयमान खेलाडीतर्फ व्याडमिन्टनकी दिलासा राना र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ भलिबलका रमेश केसीले बाजी मारे । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरियो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरे ।
यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरियो ।
अवार्ड कार्यक्रममा गायक प्रकाश सपूत, सन्तोष बस्याल र निर्मल दाहालको गायन प्रस्तुती तथा तरेली साँस्कृतिक परिवारको लाठी, कौरा र झ्याउरे नृत्यले रौनकता थपेको थियो ।

मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।
२०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको मञ्चलाई देश संघीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान