जसपा नेपाल विभाजनमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

जसपा नेपाल विभाजनमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश

upendra yadab

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र सोका आधारमा भएका कामकारबाही जहाँ जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्नु भनेर सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । थप छलफलका लागि दुवै पक्षलाई जेठ ८ गते बोलाइएको छ ।

पार्टीभित्रको विवाद चर्चिएपछि नेता अशोक राईले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds