काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनि चलन नदिने बताएको छ ।
आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए ।
‘गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, खोल्ने र अनुसन्धान गर्ने हो’
महामन्त्री थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्मा निरिह रूपमा प्रस्तुत भएको बताए ।
उनले भने, ‘सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका लामिछानेले संसदीय समिति बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गर्नुभयो ।’
महामन्त्री थापाले आज गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भएको बताए । थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो । विषयहरू उठाउनु हुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो हाेइन ।’
महामन्त्री थापाले अगाडि भने, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाली कांग्रेसले भोलि (सोमबार) संसदीय दलको बैठक बोलाएको छ ।
बिहान साढे ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । भोलि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर, सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए ।
यता, आजै आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका छन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन