पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले छात्राका लागि १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँ सगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने बताए ।
जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले अहिले पठाइ सगँ सगै चौतर्फिक ज्ञान आवश्यक पर्ने बताए । उनले खेलबाट पनि विद्यार्थीले केही न केही सिकाइ हुने बताए । उनले आफुपनि सो विद्यालयमा पढेको बताउदै विद्यार्थीलाई खेल र पढाई दुबैलाई अगाडी बढाउनु पर्ने बताए ।
विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले विद्यालयको आफ्नै खेल मैदान भएका कारण खेलमा रुचि भएका विद्यार्थीहरु पनि धेरै नै भएको बताए । कक्षा १ देखी १२ सम्म पढाइ हुने बाराही माविमा ८ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’