काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सिरोहिया प्रक्राउ सरकारको अलोकतान्त्रिक कदम भएको जनाएका छन् ।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’, देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।
गगनको प्रतिक्रिया- सिरोहिया पक्राउ अपराध ढाकछोप गर्ने दुष्प्रयास, हेक्का रहोस्
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाको सांसद गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैला सिरोहिया पक्राउ गर्नु अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले गल्ती गरेको भएमा जस्तै शक्तिशाली भए पनि सजायको भागिदार हुनुपर्ने तर सिरोहिया पक्राउ भने प्रतिशोध साँध्न गरिएको दाबी गरेका छन् ।
‘म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो’, उनले लेखेका छन्, ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस् ।’
सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।
धनुषा अदालत परिसरमा प्रहरीसँग नेविसंघ कार्यकर्ताको घम्साघम्सी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।
नेविसंघका कार्यकर्ताहरु सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी परेको हो । उनीहरु प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको छ ।
अहिले नेविसंघका कार्यकर्ताहरु सडकमा बसेका छन् । उनीहरु सरकारले प्रतिशोध साध्न सिरोहियालाई पक्राउ गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’