नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ ।
महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् । विरही ४४ वर्षदेखि पत्रकारितामा छन् ।
पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएकोमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरियो । पुरकार राशि २० हजार र सम्मानपत्र छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् ।
सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरियो । विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।
पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे । उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशले प्रेसमैत्री मिडिया विधेयक ल्याएको बताए । उनले पत्रकारितालाई समाजले हेर्ने नजर फरक भएको र यसलाई असल पत्रकारिताको कर्मले चिर्नुपर्ने बताए ।
अर्थमन्त्री हरिबहादुर चुमानले पत्रकारिता जगत स्वच्छ र निश्पक्ष हुनुपर्ने बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले संघले तीन वर्षको कार्यकालमा श्रमजीवी पत्रकारिताका लागि थुप्रै काम गरेको उल्लेख गरिन् । पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम देखि ईलाइब्रेरीको स्थापना गरिएको उनले बताइन् ।
कार्यक्रममा सम्मानितको तर्फबाट हरिहर विरही, पुरस्कार दाताको तर्फबाट किरण केसी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन