पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापना गरिएको पत्रकार पुस्तकालय (इ–लाइब्रेरी) तथा स्रोत केन्द्र उद्घाटन गरिएको छ ।
नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले शुक्रबार आयोजित समारोहमा उक्त पुस्तकालय समुद्घाटन गरे । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इँट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृति विकासमा महासंघ कास्कीले स्थापना गरेको यो पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
‘पुस्तकालयबाट पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्नलायक बनेको छ । अब यसको सदुपयोगको कामना गर्दछु,’ उनले भने । उनले जसरी मानिसको ३ मिनेटसम्म श्वासप्रश्वास बन्द भए मृत्यु हुन्छ, त्यस्तै प्रेस स्वतन्त्रबिना लोकतन्त्र बाँच्न नसक्ने बताए ।
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पुस्तकालय स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रता आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण सावित हुने उनले बताए ।
महासंघ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले केन्द्रले गर्न नसकेको काम कास्की शाखाले गरेको भनी प्रशंसा गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पूरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाँती रहेको सुनाए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेकोप्रति उनले खुसी व्यक्त गरे ।
महासंघ शाखा अध्यक्ष विमला भण्डारीले इ–लाइब्रेरीले कास्कीसहित गण्डकी प्रदेशकै पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा स्थापना गरिएको उनले जानकारी गराइन् ।
पुस्तकालयमा मार्टिन चौतारी, इन्सेक, प्रेस काउन्सिल, त्रिवि केन्द्रीय पुस्तकालय, एनव्याब्सन कास्की लगायतले पुस्तक सहयोग गरेका छन् । उद्घाटन अवसरमा सहयोगीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सहसचिव रेम बिकले गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो