पोखरा । “पर्यटनका लागि सबै मौसम” भन्ने नाराका साथ यही जेठ २१ गते सोमबार चौंथो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा म्याराथन हुन लागेको हो ।
म्याराथनको बारेमा जानकारी दिन पोखरामा आईतबार आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथनका संयोजक ललित गुरुङले अन्नपूर्ण आधारशिविर पदयात्रामार्गको पूर्वाधार तथा समग्र पर्यटन विकास गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जानकारी दिए ।
म्याराथन अन्नपूर्ण आधारशिविर बाट आरम्भ भई माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोडखोला, उरी हुँदै घान्द्रुकको श्री मेश्रम वराह माविको खेल मैदानमा आएर सम्पन्न हुने छ । म्याराथनका लागि हालसम्म ५० जना स्वदेशी तथा विदेशी धावकहरुले नाम दर्ता गराईसकेका छन् । म्याराथनमा महिला र पुरुष दुवै धावकहरुलाई बराबर पुरस्कार राशीको व्यवस्था गरिएको छ ।
अन्नपुर्ण सेन्चुरी पर्यटक समितिका सचिव विकास गुरुङका अनुसार प्रथम हुने धावकले एक लाख ५० हजार, दित्तीय हुनेले एक लाख र तृतीय हुने धावकले ५० हजार नगदका साथमा पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्याराथनमा सहभागी हुन चाहने धावकले यहि जेठ १५ गतेसम्म नाम दर्ता गराईसक्नुपर्नेछ । भने साथै सहभागी धावकहरु जेठ २१ गते म्याराथन आरम्भ विन्दु अन्नपूर्ण आधारशिविरमा पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ ।
सोही दिन म्याराथनकै अवसर पारेर अन्नपूर्ण पत्रकारिता पुरस्कार समेत वितरण गरिने छ । अन्नपूर्ण म्याराथन २०८१ सम्पन्न गर्नका लागि करिब ३० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ।
उक्त रकम अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप) र राष्ट्रिय प्रकृति संरक्षण कोष, पोखरा महानगरपालिका, घान्दुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकूद परिषद्, गण्डकी प्रदेश खेलकूद परिषद्, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अर्नावियर, खुकुरी रम, पोखरा फाइनान्स लिमिटेड, ज्योति विकास बैंक लि., होटल रक एण्ड मुड, कल्चर रिसोर्ट, घान्दुक सी.वाई.सी. क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थासँगबाट सहयोग प्राप्तहुने अपेक्षा गरिएको छ ।
आयोजकले यसअघिदेखि नै तयारी थालेको र हाल सम्म ९० प्रतिशत तयारी पूरा भइसकेको जनाएको छ । अन्नपूर्ण म्याराथन २०८१ सम्पन्न गर्न ५०१ सदस्य रहेको मूल व्यवस्थापन समिति, विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?