काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले यतिबेला संसद्को संघीय संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गरिरहेका छन् ।
यसपल्ट अर्थमन्त्री पुनले बजेटमा नयाँपन दिने बताइरहेका छन् । अर्थमन्त्री पुनले सांकेतिक रूपमा परिवर्तनको झल्को दिन बजेट-भाषणको ब्रिफकेस नै यसअघि भन्दा फरक प्रयोग गरेका छन् ।
प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ ।
पहिले-पहिले छालाको झोलामा अर्थमन्त्रीहरूले बजेट भाषण बोक्ने गर्थे । यसपल्ट स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्री पुनले कपडाको झोला प्रयोग गरेको उनको सचिवालयले जनाएको छ । बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा पुनले राखेका हुन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान नै काठमाडौंको पर्यटकीयस्थल ठमेलबाट कपडाको झोला किनिएको हो । ‘स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पदान प्रयोग बढाउनुपर्छ भनेर ब्रिफकेसको सट्टा अल्लो र ढाकाको कपडा मिश्रित झोलामा बजेट वक्तव्य राखेका हौं,’ अर्थमन्त्री पुनले भने ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो