पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जारी कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रातर्फ सिद्ध मावि र अमरसिंह मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार भएको खेलमा सिद्धले त्रिभुवन शान्तिलाई तथा अमरसिंहले बाराही माविलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित बनाएका हुन् ।
प्रतियोगिताको पहिलो सेमिफाइलनमा अम्मरसिंहले बाराहीलाई ९ विकेटले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको बाराहीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन बनाएको थियो । प्रत्युत्तरमा अम्मरसिंहले ९.३ ओभरमा १ विकेटको क्षतिमा जित निकाल्यो । खेलमा ३ विकेट लिएकी अम्मरसिंहका चन्द्रमाया प्लेयर अफ द म्याच भइन् ।
दोस्रो सेमिफाइनल खेलमा सिद्धले त्रिभुवन शान्तिमाथि ५१ रनको फराकिलो जित निकालेको थियो । टस जितेर ब्याटिङ रोजेको सिद्धले १५ ओभर खेल्दै २ विकेटको क्षतिमा १०० रन बनाएको थियो । त्रिभुवनको पारी १०.३ ओभरमा ४९ रनमै समेटियो । खेलमा सिद्धकी रचना चौधरीले ५ विकेट लिँदै प्लेयर अफ द म्याच बन्न सफल भइन् ।
बुधबार छात्रतर्फ जनप्रिय र नवप्रभात बिच पहिलो सेमीफाइनल तथा कालिका र त्रिभुवन शान्ति मावि बिच दोस्रो सेमिफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष बविन कुँवरले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’