पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जारी कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रातर्फ सिद्ध मावि र अमरसिंह मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार भएको खेलमा सिद्धले त्रिभुवन शान्तिलाई तथा अमरसिंहले बाराही माविलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित बनाएका हुन् ।
प्रतियोगिताको पहिलो सेमिफाइलनमा अम्मरसिंहले बाराहीलाई ९ विकेटले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको बाराहीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन बनाएको थियो । प्रत्युत्तरमा अम्मरसिंहले ९.३ ओभरमा १ विकेटको क्षतिमा जित निकाल्यो । खेलमा ३ विकेट लिएकी अम्मरसिंहका चन्द्रमाया प्लेयर अफ द म्याच भइन् ।
दोस्रो सेमिफाइनल खेलमा सिद्धले त्रिभुवन शान्तिमाथि ५१ रनको फराकिलो जित निकालेको थियो । टस जितेर ब्याटिङ रोजेको सिद्धले १५ ओभर खेल्दै २ विकेटको क्षतिमा १०० रन बनाएको थियो । त्रिभुवनको पारी १०.३ ओभरमा ४९ रनमै समेटियो । खेलमा सिद्धकी रचना चौधरीले ५ विकेट लिँदै प्लेयर अफ द म्याच बन्न सफल भइन् ।
बुधबार छात्रतर्फ जनप्रिय र नवप्रभात बिच पहिलो सेमीफाइनल तथा कालिका र त्रिभुवन शान्ति मावि बिच दोस्रो सेमिफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष बविन कुँवरले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो