पोखरा । दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो ।
प्रतियोगिताबाट बाराही दोहोरी साँझ दोस्रो र आयोजक तेस्रो भएको छ । विजयी भएसँगै निरमायाले खसी उपहार प्राप्त गरेको छ । निरमायाबाट सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ खेलेका थिए । उनीहरुलाई रोशन थापा मगरले कोच गरेका थिए ।
निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले नगद सहित भलिबल प्राप्त गरिन् । उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।
सो अवसरमा रस्साकस्सी र म्युजिकल चियर प्रतियोगिता समेत भएको थियो । रस्साकस्सीमा निरमाया दोहोरी साँझले नै जितेको छ भने म्युजिकल चियरमा समेत निरमाया दोहोरी साँझकी निरुता थापामगरले जितेकी छिन् । दोहोरीको सफलता प्रति संचालक जीवन गुरुङ खुशी छन् । पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समेत रहेका गुरुङले भाइचाराको सम्बन्ध स्थापित गर्न यस्ता प्रतियोगिताको आयोजना हुँदै जानुपर्ने बताए ।
संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमा समेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे । निरमाया दोहोरी साँझ पारिवारिक दोहोरी साँझ भएको उनले बताए । यस्ता खालका प्रतियोगितामा आगामी दिनमा समेत सहभागी हुँदै जाने भनाई उनको छ । विगत २१ वर्षदेखि निरमाया दोहोरी साँझले सेवा प्रवाह गरिरहेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?