पोखरा । पोखरा रंगशालामा आजबाट गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिता” सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा प्रतियोगीता सुरु भएको हो।
प्रतियोगीताको उद्घाटन खेल गोरखा र तनहुँ बीच भएको छ। गोरखा र तनहुँ बीच भएको खेलमा गोरखा ३-० गोलले तनहुँ सँग पराजित भएको छ। तनहुँका लागि तीन वटै गोल खेलको पहिलो हाफमा भएको हो।
तनहुँका लागि पहिलो गोल शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा, दोस्रो गोल २३ औं मिनेटमा राम थापाले र पहिलो हाफकै ३१ औं मिनेटमा तेस्रो गोल जिवेश आले मगरले गरे।
यसअघि प्रतियोगीताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आथित्यतामा मुख्य प्रशिक्षक सन्तोष गुरुङले फुटबल हस्तान्तरण गरेर भएको थियो।
प्रतियोगीताको उद्घाटन सत्रमा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले प्रदेश खेलकुद परिषदले खेलकुद प्रतियोगीता आयोजनाको जिम्मा संघलाई नै दिनुपर्ने बताए। उनले खेलकुद संघहरुलाई जिम्मा दिएर त्यसको नेतृत्व प्रदेशले गर्दा सहज हुने बताए।
यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ। नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन्।
कास्कीको फुटबल टोली घोषणा
यसैबिच कास्की जिल्ला फुटबल संघ कास्कीले गण्डकी प्रदेश प्रतियोगिताका लागि टोली घोषणा गरेको छ। आज १६ सदस्यीय टोली घोषणा गरेको हो।
एन्फा कास्कीका महासचिव बुद्धि बहादुर खत्री क्षेत्रीका अनुसार कास्कीको टोलीमा आयुष्मान गुरुङ, आकाश रानाभात, विवेक श्रेष्ठ, योगश गुरुङ, सरोज गुरुङ, रन्दिप पौडेल, राजकुमार कुँवर, विसन गुरुङ अनिश तामाङ, विपुल गौतम, जीवन गुरुङ, अभिषेक थापा, विनय तामाङ, किशोर गुरुङ, निश्चल जिसी र मनोज गुरुङ रहेका छन्। उक्त टोलीको मुख्य प्रशिक्षकमा सन्तोष जिसी र व्यवस्थापकमा ओम गुरुङ छन्।
आजबाट सुरु भएको गण्डकी प्रदेश फुटबल प्रतियोगितामा कास्कीले भने भोलि शनिबार बिहान १० बजे नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो