पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि१० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्ष स्थानमा रहँदै च्याम्पियन हुन सफल भएको होे ।
यस्तै प्रतियोगितामा कास्की ९ स्वर्ण, ५ रजत र ४ काश्य सहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्य पदक सहित तेस्रो हुन सफल भएको छ ।
प्रतियोगितामा पुरुष तर्फ दिपाल बुढा मगर र महिला तर्फ सुस्मिता थापा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदक प्राप्त गरेका हुन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सह आयोजनामा शुक्रबार देखि सुरु भएको प्रतियोगिताको शनिबार समापन गर्दै भिमाद नगरपालिकाका नगर प्रमुख ददिराम सुवेदीले भिमादमा प्रदेश स्तरिय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवा पुगेको जनाउदै आउदो नयाँआर्थिक बर्ष खेल र खेलकुदको विकासका लागि बजेट विनियोजित गर्ने प्रतिवद्धता जनाए । सोही अवसरमा नेपाल आईटिएफ तेक्वान्दोका केन्द्रिय महासचिव घम बहादुर थापाले पछिल्लो समय खेलकुद व्यक्ति, समाज हँुदै राज्यलाई नै रुपान्तरण गर्ने सम्पत्तिको रुपमा ग्रहण गरिएको बताउदै यस क्षेत्रको थप विकासका लागि राज्य स्तरबाटै नीतिगत तथा दिगो विकासका लागि पहल हुन जरुरी रहेको बताए ।
प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो ।
यस्तै प्रतियोगितामा महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो र रातो कलर वेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।
नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष तथा तनहुँ जिल्ला अध्यक्ष आकास चन्द्र घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रतिक घर्ती मगरले गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो