पोखरा । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप उल्लंघन गरी फणिन्द्र देवकोटाले मत दिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत अर्थात् ३१ सांसदको समर्थन पाएका छन् ।
नेपाल समाजवादी पार्टीका सांसद (हँसिया हथौडा चिन्हबाट चुनाव लडेका) फणिन्द्र विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएपछि एमालेसहितले नाराबाजी गरेका थिए । विरोध रहेपनि सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।
प्रदेश खारेजी कथन अलाप्ने राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।
मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै पाँचौ पटक मन्त्री बनिसकेका छन् ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी संसदीय दलका सबै सदस्यलाई ह्वीप जारी गरेका थिए । ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले फणिन्द्रलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संसदमा बोल्दै एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहोर्याउन आग्रह गरेका थिए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे