पोखरा । यू–१५विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदगण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ ।
प्रतियोगिता अन्तर्गत बास्केट बल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरी ६ खेलमा सातप्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो । व्याडमिन्टनमा छात्र/छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेश बाट छात्र चार र छात्रा चार आठजनाका दरले ५६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
व्याडमिन्टनको पहिलो दिनको खेल सकिदा पहिलो चरणका ५८ बटा खेलहरु सम्पन्न भएका छन् । बुधबार क्वाटर फाईनल र सेमिफाईनलका खेलहरु हुने श्रेष्ठले जानकारी दिए । यसै गरि दोस्रो दिन बुधबार ३७ र तेस्रो दिननौ गरि कुल एक सय पाँच वटा खेलहरु हुनेछन् ।
प्रतियोगिता अन्र्तगत बुधबार छात्र/छात्रा सिंगल्स सगै मिक्स डबल्स तर्फका सेमिफाईनलका खेलहरु सगै अन्य विधाका क्वाटरफाईनलका खेलहरु हुनेछन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला