ताप्लेजुङमा लगातार वर्षापछि आएको पहिरोले घर पुरिँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका चार सदस्यको मृत्यु भएको छ।
गए राति गएको पहिरोले पुरिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो ।
फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
७१ वर्षीय राम बहादुर साम्रा, उनकी श्रीमति जसमाया लिबाङ साम्रा र जुम्ल्याहा छोरीहरू १२ वर्षीया गंगा साब्रा र जमुना साम्राको मृत्यु भएको हो । जसमाया साम्रा गाउँपालिका उपाध्यक्ष रविनकी आमा हुन्।
घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रनाउ रावलले बताए ।
गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार राती करिव २ बजेतिर घरमाथिबाट ठुलो पहिरो खसेर उनीहरूलाई पुरेको हो । पहिरोले उनीहरूको घरसँगै रहेको खोरमा रहेका ५० वटा बाख्रा र ३० वटा कुखुरा समेत पुरेर मरेको छ ।
पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । पहिरोले घर पुरिँदा ४० वर्षीय युगेन साम्रा र उनकी २ वर्षीया छोरी घाइते भएका छन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो