पोखरा । दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङमा तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गरेको छ ।
पोखरा रंगशालामा जारी पहिलो दिनको दोस्रो प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा तनहुँका दिनेशले ९५ रनको पारीको योगदान दिए पछि म्याग्दी ११६ रनले पराजित भएको हो । व्याटिङका लागि तेस्रो क्रममा मैदानमा उत्रिएका म्याग्दीका बलर अशोक कार्कीको बलमा बोल्ड हुनु अघि ५३ बलको सामना गर्दै दिनेशले ६ छक्का र ७ चौका प्रहार गर्दै ९५ रनको योगदान दिए ।
तनहुँलाई सम्मानजनक स्कोर १७३ रन बनाउन उत्कृष्ट भूमिका खेलेका दिनेश म्यान अफ दि म्याच समेत घोषित भए ।
यस अघि म्याग्दीले टस आफ्नो पक्षमा पार्दै ब्याटिङको निम्तो पाएको तनहुँले २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १७३ रन बनायो । तनहुँका लागि दिपेश अधिकारीले १८, उत्सव श्रेष्ठले १२ र इशान श्रेष्ठले १५ रनको योगदान दिए । म्याग्दीका अशोक श्रेष्ठले आफ्नो चार ओभरको स्पेलमा ३८ रन खर्चिएर ३ विकेट लिए भने हरि सुवेदीले चार ओभर बलिङमा २० रन दिएर ४ विकेट हात पारे ।
यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको म्याग्दी १६।२ ओभरमा सबै विकेट गुमाउँदै ५७ रनमा समेटियो । तनहुँका चन्द्रकान्त पौडेलले आफ्नो चार ओभरको स्पेलमा एक मेडनका साथ १४ रन दिएर म्याग्दीका चारजना खेलाडीलाई सस्तैमा पेभिलिएन फर्काए । उनले म्याग्दीका आकाश विक ४ रनको व्यक्तिगत स्कोर तथा विश्वास थापा, जस्मिन थापा र दिपक विकलाई डक आउट गरे भने सन्दिप पराजुलीले २।२ ओभरमा ६ रन दिएर २ विकेट लिए । म्याग्दीका लागि दोहोरो रन जोड्ने एक मात्र व्याटर सिद शाक्य २६ बलको सामना गदैै १२ रनमा रिर्टायड हर्ट हुँदै पेभिलिएन फकिएका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन शनिबार कास्की र म्याग्दी र दोस्रो खेल बाग्लुङ र तनहुँका बीच हुनेछ ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख र उपबिजेताले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत हरेक दिन २ खेल सञ्चालन हुने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान