हेमजा । पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ ।
“युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको वडा न।२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे ।
उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न।१ बगरले विजय सुरुवात गरेको छ । खेलको ३४ औं मिनेटमा वडा नं १ बगरका राजु तामाङले पहिलो गोल गरे । साथै खेलको ५३ औं मिनेटमा वगरका अन्तिम गुरुङले दोस्रो गोल गर्दै २ गोलको अग्रता कायम गर्न सफल भए ।
प्रवक्ता एवं वडा अध्यक्ष मोतिलाल मिम्सिनाले प्रतियोगिताको उद्धघाटन यस क्षेत्रका बिभिन्न खेलकुदका विधामा रहेका राष्ट्रि खेलाडीहरुको स्मरण गर्दै हेमजा खेलकुदको उर्भर भुमि भएको बताए । हेमजाले बिगतमा एतिहासिक अन्तर्राष्ट्रिय हेमजा गोल्ड कप सम्पन्न गरेर छ जुन हेमजाको गौरब हो । गौरीशंकार खेलमैदानको पुर्वाधार विकासका लागि महानगरले गत बर्ष ४० लाख बजेट बिनियोजन गरेको, साथै यस जारि हेमजा भेट्रान्स कपका लागि ४ लाख रकम सहयोग गरेको उल्लेख गरे ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शाहारा प्रधान, विभिन्न पाटीको प्रतिनिधित्व गर्दै नेकपा एमालेका वडा सचिब देबिप्रसाद अधिकारी, टोलविकास संमन्वय संस्था तथा सामुदायिक प्रहरी हेमजाका अध्यक्ष दान बहादुर भुजेल,गौरीशंकर मा।वि प्रधानाध्यपक अमर बहादुर कुवर लगाएतले खेलकुद मानव जिवनको लागि अपरिर्हाय भएको धारण राखेका थिए ।
कार्यक्रमका अवसरमा पोखरा हेमजा हनुमान चोक निवासी सिता सापकोटाले २०७९ माघ १ गते काठामाडौं देखि पोखरा आउदै गरेको यति एयरलायन्सको जहाज दुर्धटनामा परि निधन भएका छोरा स्वः राजन सापकोटा र बुहारी स्वः अनिषा सापकोटाको स्मरणमा हेमजा यूनाईटेड द्धारा संचालन गरिएको फुटबल ऐकेडीमिको लागि २ लाख २२ हजार २ सय २२ रुपया सहयोग गरिन्।
हेमजा युनाईटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नृत्य बिष्णुपादुका मा।बिले र सब्द द्वारा स्वागत उपाध्यक्ष उमा भुर्तेल पौडेलले र संचालन सचिब सुनिल गायकले गरेका थिए ।
असार ७ गते सम्म जारी रहने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु. ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ । साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु. ५ हजार ,सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिलड, फरवार्ड लाई प्रत्यक विधामा नगद रु. २ हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो