हेमजा । हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए ।
त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा १३ ले ३–१ गोल अन्तरले पोखरा ५ लाई पराजित गर्दे विजयी भएको हो । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा न.१३ लाई ३ गोलको अग्रता दिलाए । वडा न. ५ का अनिल राज कोइरालाल ५६ औं मिनेटमा १ गोल गरेका थिए । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भए ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?