पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट समुह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समुह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरका बीच हुने खेल रोचक मोडमा पुगेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भएको छ भने दोस्रो खेलमा नवलपुरले गोरखा विरुद्ध १२५ रनले जित निकालेको छ ।
नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको छ भने गोरखा अंक विहिन छ ।
दुई ओभर घटाइएको मंगलबारको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले गोरखा विरुद्ध ६ विकेट गुमाउँदै १८ ओभरमा १७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले विस्फोटक पारीको सुरुवात गर्दै ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए भने सुदिप अर्यालले १५ बलमा ३ छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दिपक डुम्रेले १० र कमल परियारले १२ रन टिमका लागि जोड्दा नवलपुरले अतिरिक्त १७ रन समेत पाएको थियो ।
गोरखाका लागि बलर मेहुल श्रेष्ठले ४ ओभरमा ५३ रन दिएर ३ बिजेट लिए भने प्रशिद्ध बज्रचार्यले २ विकेट हात पार्दा सुनिल गुरुङले १ विकेट लिए ।
यता जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको गोरखा भने १५.३ ओभरमा सबै १० विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पंकज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
गोरखा लाई सस्तैमा समेट्न पवन सापकोटाले २.३ ओभरको स्पेलमा १० रन दिएर ३ विकेट लिए भने कमल परियारले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै स्विकार श्रेष्ठले २ र सुदिप अर्यालले १ विकेट हात पारे । खेलमा प्रमिश अर्याल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
बुधबारको खेलले नै घरेलु टोली कास्की संग उपाधि भिडन्तमा को पुग्ने भन्ने टुङ्गो लाग्ने भए संगै भोली हुने खेल रोचक हुने छ । समुह ‘बी’को पहिलो खेल नवलपुर र स्याङजा फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि खेल्नेछन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान