हेमजा। हेमजा भेट्रान्स कपमा पोखरा १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो खेलमा पोखरा १० ले आयोजक वडा न. २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १० ले ५–३ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ धोषित भए ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा पोखरा १७ ले १ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा १७ ले ३–१ गोल अन्तरले पोखरा १ लाई पराजित गर्दे विजयी भएको हो । खेलको ४ औं मिनेटमा बेद बहादुर थापाले पहिलो गोल र ५७ औं मिनेट पनु दोस्रो गोल गरे । साथै गम्बिर परियारले ६२ औं मिनेटमा तोस्रो गोल गर्दै वडा न। १७ लाई ३ गोलको अग्रता दिलाए । वडा न.१ का मिलन गुरुङले ४० औं मिनेटमा १ गोल गरेका थिए । सो खेलमा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ दि म्याच घोषित भए । फाईनल यात्राका लागि भोलि वडा १० र १२ साथै वडा १३ र १७ भिडने छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’