पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।
पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने भएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेल शुक्रबार ११ बजे बहुउद्धेश्यीय कभर्डहलमा हुनेछ । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् ।

सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’