पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्याकिङ राउण्डमा कास्कीले बर्चश्व कायम गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुवात गरेको हो ।
पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले ¥याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थान बनाउँदा एक अंकले पछि रहेका कास्कीका सुमन गुरुङ ६०३ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । त्यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यसै गरी महिला रिकर्बतर्फ समेत कास्कीका तीन खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेका छन् । कास्कीकी अनुष्का शेरचनले ६१३ अंकका साथ पहिलो स्थान बनाएकी छन् । त्यस्तै रोजिना थापा मगर ५८५ अंकका साथ दोस्रो र कृषा गुरुङ ५७२ अंकका साथ तेस्रो स्थानमा रहेकी छन् ।
यस्तै प्रतियोगिता अन्तर्गत स्टाण्डर्ड पुरुषतर्फ कास्कीका तीन खेलाडी पहिलो, दोस्रो र तेस्रो स्थानमा कायम रहन सफल भएका छन् । कास्कीका गणेश तिलिजा ३२७ अंकका साथ पहिलो, नगेन्द्र थकाली ३२४ अंकका साथ दोस्रो र होम पगेनी ३२२ अंकका साथ तेस्रो स्थानमा रहेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जनाएका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गण्डकीको आर्चरी खेलले प्रदेशको खेलकुदमा उत्कृष्ट कार्य गरेको जनाउँदै प्रदेश सरकार यस प्रकारका खेलहरुको प्रवर्द्धन गर्न प्रतिवद्ध रहेको जनाए । उनले गण्डकी प्रदेशको खेलकुद विकासका लागि धेरै कार्यहरु गर्न बाँकी रहेको जनाउँदै आगामी दिनमा योजनावद्ध रुपमा मन्त्रालयले ति कार्यहरु पुरा गर्न प्रयास गरिने बताए ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद विकल शेरचन, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, आर्चरीका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, अग्रज समाजसेवी मिन बहादुर शेरचनलगायतको सहभागिता रहेको थियो ।
भोली शनिबार ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्की गरी ६ जिल्लाले सहभागिता जनाएका छन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’