पाेखरा ।
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गृहमन्त्री रवि लामिछानेले सरुवा गरेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा महामन्त्री शर्माले २०८० भदौ ८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा हाजिर भएका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई एक वर्ष पनि काम गर्न नदिइ गृहमन्त्री लामिछानेले महोत्तरी सरूवा गरेको उनले बताए ।
ADVERTISEMENT
कास्कीमा सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई समय नपुग्दै सरुवा गरिएको शर्माको भनाइ थियो। ‘जेठ ६ गतेभन्दा ठीक १० दिन अगाडि नेपाल प्रहरीले ५१९ जना प्रहरी इन्स्पेक्टरहरू सरुवा गरेको थियो। त्यो सूचीको ५०३ नम्बरमा एउटा नाम छ, सूर्यबहादुर राना मगर। प्रहरीको नियमावली २०७१ मा सामान्यतया एक वर्षसम्म प्रहरीलाई सरुवा गरिएको ठाउँमा काम गर्न दिइन्छ,’ शर्माले भने।
तर गृहमन्त्रीले अनुसन्धान रोक्ने उद्देश्यले मगरको सरुवा गरेको शर्माले जिकिर गरे। “सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए। गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ। सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए। उनलाई समय नपुगी हटाइयो,’ शर्माले थपे, ‘सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए। उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पुर्याइयो। यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने?’
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन