पोखरा । पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् ।
पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए ।
यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग महेश धामी, सागर आचार्य, रोमन राणा र सुरज बोहोराले गोल गरेका थिए । कोशी प्रदेशको तर्फबाट रिसब चौधरीले एक मात्रै गोलले अग्रता दिलाएका थिए ।
सो खेलमा नेपाल प्रहरीका महेश धामी प्लेयर अफ द म्याच बने ।
यसैगरी अर्को खेलमा कर्णाली प्रदेशले वागमती प्रदेशलाई २–० गोेल अन्तरले पराजित गरेको छ । कर्णालीका लागि दुवै गोल जीवन रावतले गरेका थिए । खेलमा रावत नै प्लेयर अफ द म्याच घोषित भए ।
अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश विरुद्ध फराकिलो जीत हात पारेको छ । गण्डकीले लुम्बिनीलाई १०–० गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि असिम बहेकले ३ गोल गरेका थिए । यसैगरी पवन परियार, कुशल नेपाली, प्रेम बिके तथा मोहन पुनले गण्डकीलाई सहज जित दिलाएका थिए ।
सो खेलमा गण्डकीका कुशल नेपाली प्लेयर अफ दि म्याच भए ।
सोही प्रतियोगिता अन्तरगत भएको अर्को खेलमा पनि कर्णाली प्रदेश विजयी बनेको छ । कर्णालीले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । कर्णालीको लागि उज्जवल राजत र जीवन रावतले गोल गरेका थिए भने, उज्जवल रावत प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
मंगलवार नै भएको अर्को खेलमा नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ८–१ गोल अन्तरले पराजित गरेको छ । नेपाल प्रहरीका लागि रोमन राना, सागर आचार्य, महेश धामी, सुरेश जोशीले गोल गरेका थिए भने, लुम्बिनीका लागि अदनाल अन्सारीले एकमात्र गोल गरेका थिए ।
नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल प्रहरी तथा छ वटा प्रदेशका टीमको सहभागिता रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश हक्की संघले व्यवस्थापनको पाटो हेरिरहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगद, उप विजेताले ३० हजार र तेस्रो हुने टीमले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीले विभिन्न ७ वटा विधामा ५÷५ हजार नगद पुरस्कार व्यक्तिगत रुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीमलाई बुधवारको फाईनल पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला