नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने भएका छन् । उनले महासचिव घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्।
बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।
भुसाल अगाडि बढ्ने भएसँगै खनाल ब्याक भएका छन् । अब नेकपा एसको अध्यक्षका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । डल्लुमा युवा नेताहरू पनि पुगेका थिए । आइतबार र साेमबार खनालनिकट सचिवालय सदस्यहरू र युवा तथा विद्यार्थी संगठनका अगुवाहरूले एक जना मात्र मैदानमा उत्रिनुपर्ने दबाब दिएका थिए ।
‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं।’
तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ।’
यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्।
सम्मानित नेता खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा १८७८ जना प्रतिनिधि छन्। त्यसमध्ये अधिकांश निर्वाचित भइसकेका छन्। केही जनसंगठन र भूगोलका प्रतिनिधिको निर्क्यौल हुन बाँकी छ।
महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको रस्साकस्सी पनि चुलिँदै गएको छ। अध्यक्ष नेपालसहित नेताहरूले सहमतिमार्फत् नेतृत्व चयन गर्ने भने पनि प्रतिस्पर्धाको वातावरण बन्दै गइरहेको छ।
भूसाल समूहतर्फ महासचिवलगायत महत्वपूर्ण बाँकी पदहरूमा को-को उम्मेदवार रहने भन्ने छलफल हुन बाँकी रहेको एक नेताले बताए।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’