पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी पाएका छन् । सङ्घीय संसद्को सार्वजनिक लेखासमितिले लिङ्देनको संयोजकत्वमा १२ सदस्य संसदीय उपसमिति गठन गरेको हो ।
राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको सङ्घीय संसद्को सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
विमानस्थलको अध्ययनका लागि सङ्घ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । उपसमितिलाई एक महिनाको समय दिइएको छ ।
यस्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराइलाई जिम्मेवारी दिइएको छ । यो उपसमितिमा आठ जना सदस्य छन् ।
समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको जानकारी दिए ।
उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उनले उल्लेख गरे ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’