पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी पाएका छन् । सङ्घीय संसद्को सार्वजनिक लेखासमितिले लिङ्देनको संयोजकत्वमा १२ सदस्य संसदीय उपसमिति गठन गरेको हो ।
राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको सङ्घीय संसद्को सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
विमानस्थलको अध्ययनका लागि सङ्घ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । उपसमितिलाई एक महिनाको समय दिइएको छ ।
यस्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराइलाई जिम्मेवारी दिइएको छ । यो उपसमितिमा आठ जना सदस्य छन् ।
समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको जानकारी दिए ।
उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उनले उल्लेख गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ