नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घन्टा कुराकानी भएको छ।
ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।
छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्।
देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।
दोस्रो तहका नेताहरूबीचको वार्ताले सकारात्मक परिणाम निकाल्ने देखिएपछि यो शीर्ष तहमा छलफल भएको नेताहरूको दाबी छ ।
कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट हटाउन प्रयासरत छ । यस्तो अवस्थमा देउवा र ओलीबीच भएको भेटवार्ताले राजनीतिमा कुनै नयाँ मोड ल्याउन सक्ने आँकलनहरू भइरहेका छन् ।
एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका छन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले बतायो ।
नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणको फाइल फेरि खोलेको छ । एमले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परेका छन् ।
सो प्रकरणमा देउवापत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँडपत्नी मञ्जुको नाम पनि मुछिएको छ । देउवा–ओली भेटलाई कतिपयले सो प्रकरणसँग जोडेर पनि हेर्ने गरेका छन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन