पोखरा । गण्डकी प्रदेश सभा सदस्य कृष्णप्रसाद पाठकले संसदमा उठेका विषयमा सरकारको जवाफ माग गरेपछि सभामुखले सरकारलाई आगामी बैठकमा जवाफ दिन रूलिङ गरेका छन् ।
सांसद पाठकले आइतबारको बैठकमा विशेष समय लिएर गण्डकी प्रदेश सभा नियमावली, २०८० मा सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भएपनि सरकारले नदिएको भन्दै रूलिङ माग गरेका थिए । सांसद पाठकले बाढीपहिरोसँग सम्बन्धित विषयमा सरकारको जवाफ माग गरे । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले आगामी बैठकमा संसदमा उठेका विषय तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद पाठकले नियमावलीमा सात दिनभित्र जवाफ दिनुपर्ने बाध्यात्मक व्यवस्था भएपनि सरकारले उल्लंघन गरेको जिकिर गरे । ‘गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १४ को उपनियम २ मा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ,’ उनले थपे, ‘मन्त्रीले जवाफ दिनुपर्ने कुरा बाध्यात्मक शब्दावली प्रयोग गरिएको छ । आफूले बनाएको नियमावली आफैँले उल्लंघन गर्न मिल्छ कि मिल्दैन ?’
बाढीपहिरोले ठूलो क्षति भइरहेको, जीवन र साससँग सम्बन्धित कुरामा मन्त्री नबोलेको भन्दै सांसद पाठकले आक्रोश पोखे । ‘गाउँबस्तीमा जनता रोइरहेको, बाढी पहिरोले सताइरहेको तर सरकार चुप बसेको सांसद पाठकले बताए ।
सभामुखको रूलिङपछि सोमबारको बैठकमा संसदमा बाढीपहिरोसँग सम्बन्धित र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने छ ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन