नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । सुरुमा उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा आवद्ध भए । विजय गच्छदारले पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा उनले पनि साथ दिए र उक्त पार्टीको महासचिव बने ।
संविधान जारी भएपछि कतिपय मधेश केन्द्रित दलहरु आपसमा एकीकृत भए भने कुनै ठूला पार्टीसँग मिले । फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग एकता गर्यो । यसका अध्यक्ष गच्छदारसहित अधिकांश नेता विगतमा कांग्रेसमा रहेकाले कांग्रेससँग एकता सहज भयो । जितेन्द्र देव यसरी एकताबाट स्वतः कांग्रेस भए ।
कांग्रेसले उनलाई राष्ट्रिय सभामा सांसद बनायो । तर देवको राजनीतिक रुझान वामपन्थतिरै थियो । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।
सोमबार एमाले प्रवेश गर्ने क्रममा उनले पुराना वामपन्थी दिनहरुको सम्झना गरे । उनले अध्यक्ष केपी ओलीलाई पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएकामा धन्यवाद दिए । पार्टी छाडेर अन्यत्र गएकामा आत्मालोचना पनि गरे ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन