नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।
आज (सोमबार) बसेको बैठकमा देउवाले आफूलाई ओलीले चिया खान भनेर बोलाएको र आफू गएको बताए । उनले ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको र अहिले आफूहरुबीचको सम्बन्ध सकारात्मक र सुमधुर रहेको पनि जानकारी गराए ।
‘उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं, बस्यौं । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ,’– बैठकमा देउवाले गरेको ब्रिफिङ सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।
बैठकमा नेताहरूले बजार हल्लाबारे सभापति देउवासँग जानकारी मागे । तर देउवाले यसबारे मुखै नखाेलेकाे बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
उनका अनुसार देउवाले एमाले अध्यक्ष ओलीले चिया खान बाेलाएपछि बीआरआईबारे छलफल भएकाे मात्रै बताए ।
‘नयाँ सत्ता समीकरणबारे केही बोल्दै बोल्नुभएन। ५ बजे अर्को कोही मान्छे भेट्न आउँदै छ भनेर बैठक छिटो सक्नतिर लाग्नुभयो । बोल्दै नबोले पनि केही तयारी हो कि जस्तो देखिन्छ । सभापतिले मुखै खोल्नुभएन’, उनले भने ।
उनका अनुसार पछिल्लाे राजनीतिक घटनाक्रमबारे उपसभापति तथा महामन्त्री कसैलाई पनि जानकारी छैन । ‘देउवाले प्रमुख सचेतक रमेश लेखकलाई खटाए जस्तो देखिएकाे छ,’ उनले भने ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण