काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि हल्लामा सत्यता नभएको बताए ।
सञ्चारमन्त्री रेखा शर्माले बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृद् गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष ओलीसँग छलफल भएको जानकारी दिइन् ।
‘सत्ता परिवर्तनको छलफल केही भएको छैन । प्रधानमन्त्रीले केहि ब्रिफिङ गर्नुभयो । बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो । असमझदारी भए भन्ने जुन खालको हल्ला भए त्यस्तो छैन । यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ । त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन् ।
मन्त्रीलाई बालकोट बोलाएको छैन : एमाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको प्रस्ट पारेको छ । अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको खबर बाहिरिएपछि अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी गराएको हो ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ’, बालकोटले भनेको छ, ‘तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ । –सचिवालय ।’
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’