मनाङको चामे गाउँपालिका वडा नं. १ को तिमाङ खोलामा बाढी आउँदा काठे पुल बगाएको छ ।
मंगलबार परेको भारी वर्षाले राति करिब ८ बजेतिर खोलामा बाढी आएर पुल बगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
वर्षा र बाढीपहिरो कम भएपछि तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने मनाङ प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक व्यवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध गरेको छ ।
पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड अवरुद्ध बन्न पुग्यो । पानी रोकिएका बेला सडक खुलाउने प्रयास गरिएको छ ।
यसअघि पनि काठे पुल बनाएर सवारी आवतजावत भइरहेको तिमाङ खोलामा ३ वर्षअघि बेलिब्रिज राखिएको थियो । २०७८ असारको भीषण बाढीले बेलिब्रिज बगाएपछि काठेपुल राखेर सवारी आवतजावत गरिएको थियो ।
यस्तै, तिमाङकै तल्लो क्षेत्र तिमाङ छहराबाट झरेको ढुंगा र गेग्रान थुप्रिँदा पक्की कल्भर्ट पुल समेत धरापमा परेको त्यहाँबाट पत्रकार नवीन लामिछानेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले अविरल वर्षासँगै बाढी पहिरोआइरहेको भन्दै नदीनालाका तटीय तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र सतर्क रहन नागरिकलाई अनुरोध गरेको छ ।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?