राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री मुकुल ढकालले असन्तुष्टि जनाएका छन् । लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताए ।
बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भएको नेताहरुले जानकारी दिएका छन् । महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ ।
प्रतिवेदन पार्टीमा बुझाउनु अघि नै मिडियामा सावर्जनिक गरेको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ ।
लिखित प्रस्ताव पेस गर्न दिएनः ढकाल
महामन्त्री ढकालले मंगलबारको सचिवालय बैठकमा सभापति रवि लामिछानेले लिखित प्रस्ताव पेस गर्न नदिएको बताए।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको तर लिखित प्रस्ताव तयार पारिएपनि पेस गर्ने अनुमति सभापतिले नदिएको उनले बताएका हुन्।
महामन्त्री ढकालले रविले लिखित प्रस्ताव पेस गर्न नदिएपछि पार्टीलाई रविको पार्टी होइन् रास्वपा बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ’ उनले भने।
पछिल्लो समय रास्वपाको आन्तरिक विरोध चर्किँदै गएकाे छ। महामन्त्री ढकालले पार्टीका सभापति रवि लामिछानेसमक्ष बुझाएको प्रतिवेदनले विवादलाई झनै ठूलो रूप दिएको हो।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन