नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो।
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए।
‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ। तर संविधानअनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ।’
प्रधानमन्त्री दाहालले परिस्थितिलाई ठिक ढंगले बुझ्ने भएकोले मार्गप्रशस्त हुने विश्वास उनको छ।
एमालेसँग भएको सहमतिलाई कांग्रेसले गर्यो अनुमोदन
कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरेको छ।
तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ।
सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ।
‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’
सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेजस्ता सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदाहरू सार्वजनिक भइसकेका छैनन्।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण