नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दिएको अल्टिमेटम आज बेलुका पाँच बजे सकिँदै छ ।
आज पाँच बजेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिने भएका छन् । हिजो बसेको सचिवालय बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि आज बेलुका पाँच बजेसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई अल्टिमेटम दिएको थियो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री दाहालले मार्ग प्रस्तर गर्न आग्रह गरेको भन्दै यदि मार्ग प्रशस्त नगरे एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने बताए ।
“हामीले आज पाँच बजेसम्म प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अल्टिमेटम दिएका छौ,” उनले भने, “प्रधानमन्त्री दाहालले राजीनामा नदिए एमालेका सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने छन् ।”
एमालेबाट आठ जना मन्त्री सरकारमा सहभागी रहेका छन् ।
एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेस र एमालेले गरेको पहललाई प्रधानमन्त्री दाहालले राजीनामा दिएर सहयोग नगरेर आजै साँझबाट एमालेको नेतृत्वमा सरकार बन्ने प्रक्रिया सुरु हुने बताए ।
“प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा रहेको छ” उनले भने, “ यदि प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरे एमालेबाट सहभागी मन्त्रीले आजै राजीनामा बुझाउने छन् र नयाँ सरकारको प्रक्रिया सुरु हुन्छ ।”
यस्तै, आजै बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । तर, प्रधानमन्त्री दाहालले राजीनामा नदिई संसदमा फेस गर्ने तयारी रहेको बुझिएको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन