प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गुमिसकेको सत्ता जोगाउन अन्तिम कसरत स्वरुप आफ्ना केही सहयोगीहरुलाई दूतका रुपमा भारत तर्फ पठाएका छन् ।
प्रचण्डले माओवादी नेतृ पम्फा भुसाल र लामो समयदेखि नेपालमा बस्दै आइरहेका विवादास्पद छविका अमेरिकी नागरिक चार्ल्स मेण्डिजलाई बुधवार साँझ नयाँ दिल्ली तर्फ पठाएको खबर बाहिरिएको छ ।
प्रचण्डले पठाएका भुसाल तथा मेण्डिज लगायतले भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नाडा,भाजपा नेता तथा गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरलाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई सत्तामा कायम राखिरहन आवश्यक वातावरण मिलाइदिन आग्रह गर्ने बताइएको छ ।
उनीहरुले प्रधानमन्त्री प्रचण्डको सत्ता जोगिएमा आगामी दिनमा भारतकै निर्देशन अनुसार अघि बढ्ने सन्देश समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पु¥याइदिन आग्रह गर्ने गरी त्यसतर्फ गएको स्रोतलाई उद्दृत गर्दै नेपाल समाचारपत्रको अनलाइन संस्करण न्यूज अफ नेपालले जनाएको छ ।
प्रचण्ड प्रधानमन्त्री कायम हुन नसक्ने अवस्था आएमा आगामी ३ वर्ष काग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने गरी आवश्यक वातावरण मिलाइदिन आग्रह गर्ने गरी भुसाल र मेण्डिज सहितको टोली नयाँ दिल्ली पुगेको स्रोतको जिकिर छ ।
नयाँ दिल्ली पुगेको भुसाल लगायतको समूहले बुधवार राती नै भारतीय गृहमन्त्री अमित शाहका स्वकीय सचिवहरुलाई भेट गरिसकेको र अन्य नेताहरुलाई आज भोलिमा भेट्ने गरी सक्रियता बढाएको जनाइएको छ ।
राजीनामा दिन भनेर बालुवाटार पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भारतीय सक्रियताका कारण राजीनामा नबुझाई फर्किएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु