नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेससँगको समीकरणपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको दोकान बन्द भएको बताएका छन् ।
आइतबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा बर्तौलाले यस्तो बताएका हुन् ।
माधव नेपालले कांग्रेस-एमाले समीकरण सन्देहास्पद रहेको र सरकार पनि बनिनसकेको भनेर गरेको टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा बर्तौलाले अब माधव नेपालको बार्गेनिङ पनि सकिएको बताए ।
‘उहाँलाई त त्यस्तै लाग्छ, उहाँलाई हामीले यस पटक जोडबल गरेनौँ। कांग्रेस र एमालेको सहमतिले उहाँको दोकान बन्द हुने भयो’, उनले भने, ‘संसद्को गणित देखाएर उहाँले जे बार्गेनिङ गर्दै हुनु्हुन्थ्यो, सरकार आजै ढालिदिन्छु, भोलि नै ढालिदन्छु भन्दै हुनुहुन्थ्यो अब त्यो त बन्द भयो, त्यहीकारण उहाँमा त्यो देखिएको हो ।’
नेपालले बार्गेनिङका लागि चलाएको दोकान, व्यवसायले अब काम नगर्ने पनि उनले बताए । ‘उहाँले जे चलाउँदै हुनुहुन्थ्यो, त्यो सकिएपछि त्यो उहाँको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अब माधव नेपालजीहरूको ढोका बन्द भयो ।’
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?