नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्न आवश्यक कागजातमा नेताहरुले हस्ताक्षर गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले अध्यक्ष ओलीको कार्यकक्षमा दलहरुबीच छलफल भएको थियो ।
त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन् ।
नेताहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्ने बित्तिकै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्ने तयारी रहेको छ । छलफलपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासहित दलका नेताहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ ।
आजै सरकार गठनका लागि दाबी पेश गर्ने
नेपाली कांग्रेस र नेकपा एमालेले आजै सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । संविधानको धारा ७६ (२) अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।
अहिले सवा ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’