बिहीबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक कुखुरा फार्मका सञ्चालकको हत्या गरेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीय प्रनिसा पाँचकोटी पक्राउ परेका हुन्।
उनीहरुलाई कुखुरा फार्मका सञ्चालक सुन्दरहरैँचा–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
बजगाईंले सुन्दरहरैँचा–१ कुमार गाउँमा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए। एसपी कार्कीका अनुसार हत्यामा संलग्न भएको आरोपमामा पक्राउ परेका दम्पती फार्मकै कामदार हुन्। डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममै बस्दै, त्यहीँ काम गर्दै आएको खुलेको छ।
फार्मका सञ्चालक बजगाईंको हत्या गरेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, एसपी कार्कीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनीहरुको संलग्न हुन सक्ने विभिन्न आधारहरु देखिएको छ। उर्लाबारी घर भए पनि हत्या गरेपछि उनीहरु फरार भएका थिए। तीव्रताका साथ खोजी कार्य गर्दा उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाबाट बिहीबार साँझ साढे ७ बजेतिर पक्राउ गरेर बेलबारी ल्याइएको छ।’
सञ्चालक बजगाईंले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ। बिहीबार बिहान साढे १० बजेतिर कुखुरा फार्मभित्र टाउको क्षतविक्षत अवस्था बजागाईंको शव फेला परेको थियो।
बन्चरो र दाउ प्रहार गरेर उनको हत्या गरेपछि कामदार दम्पती फरार भएका थिए। घटनास्थलबाट रगत लतपतिएको बन्चरो र दाउ बरामद भएको र घटनाको थप अनुसन्धान भइरहेको छ। हत्यामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीबाटै कर्तव्य ज्यान मुद्दा चल्ने प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन