नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।
फागुन १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएदेखि असन्तुष्ट उनी ओलीलाई बधाई दिन शीतल निवास नगएका हुन्।
ओलीले शपथ लिँदा पूर्वप्रधामन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलानाथ खनाल भने सहभागी थिए ।
अन्य पूर्वप्रधानमन्त्रीहरू ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई भने पुगेका थिए ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनदेखि नेपालको ओलीसँगको सम्बन्ध राम्रो छैन । गत फागुन २१ एमाले-माओवादी गठबन्धन बन्दा नेपाललाई फकाउन ओली कोटेश्वर गएका थिए । तर, त्यसपछि नयाँ गठबन्धन भत्काएर नेपालले प्रधानमन्त्री बन्न चलखेल गरेको भन्दै ओली रुष्ट भएका थिए ।
ही असार १७ गते राति ठूला दलको मोर्चा बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी बेवास्तामा परेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि ओलीको सपथमा देखिएनन् ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’