नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।
फागुन १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएदेखि असन्तुष्ट उनी ओलीलाई बधाई दिन शीतल निवास नगएका हुन्।
ओलीले शपथ लिँदा पूर्वप्रधामन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलानाथ खनाल भने सहभागी थिए ।
अन्य पूर्वप्रधानमन्त्रीहरू ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई भने पुगेका थिए ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनदेखि नेपालको ओलीसँगको सम्बन्ध राम्रो छैन । गत फागुन २१ एमाले-माओवादी गठबन्धन बन्दा नेपाललाई फकाउन ओली कोटेश्वर गएका थिए । तर, त्यसपछि नयाँ गठबन्धन भत्काएर नेपालले प्रधानमन्त्री बन्न चलखेल गरेको भन्दै ओली रुष्ट भएका थिए ।
ही असार १७ गते राति ठूला दलको मोर्चा बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी बेवास्तामा परेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि ओलीको सपथमा देखिएनन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’